आठ दलीय गठबन्धनले देशलाई निकास दिन्छ : मोहन बस्नेत  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आठ दलीय गठबन्धनले देशलाई निकास दिन्छ : मोहन बस्नेत 


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा पूर्वमन्त्री बस्नेतले काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबिचको राजनीतिक समझदारीले देशलाई निकास दिने दाबी गरे ।

राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले सम्हालिएर अघि बढ्नका लागि उत्साह र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नुपर्ने बेला आएको बताए ।

‘काँग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो  । हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रूपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको हो,’ उनले भने ।

पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को सम्बोधनका क्रममा पहिलेका त्रुटि सच्याएर जाने, संविधानको अक्षरसः पालना गर्ने र सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि काँग्रेसले सहकार्यको प्रस्ताव अघि बढाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस