नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ३४ करोडको कारोबार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ३४ करोडको कारोबार


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ ।

नेप्से बिहीबार पनि १.३३ प्रतिशतले गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.४८ अङ्कले गिरावट हुँदा १९६९.०१ अङ्कमा बन्द भएको छ भने सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २.६४ प्रतिशतले गिरावट भएको छ भने व्यापार उपसूचक पनि २.३२ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा २८ हजार ५०० कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ३ लाख र एनआईशी एशिया बैंकको ४ करोड ३७ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबार भएकामध्ये बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य ४.२९ प्रतिशतले वृद्धि हुँदा युनिक नेपाल लघुवित्तको सेयर मूल्य ४.०२ प्रतिशत र बोटलर्स नेपाल तराईको सेयर मूल्य ३.९१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य ७ प्रतिशतले गिरावट हुँदा स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.८० प्रतिशत र नाडेप लघुवित्तको सेयर मूल्य ५.७४ प्रतिशतले गिरावट भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस