३ वर्षीया छोरीको ढुङ्गाले हानेर हत्या गरेको आरोपमा बुवा पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

३ वर्षीया छोरीको ढुङ्गाले हानेर हत्या गरेको आरोपमा बुवा पक्राउ


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । बागलुङमा आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२, अमलाचौर घर भई जैमिनी नगरपालिका–४, सर्कुवा बस्ने २० वर्षीय सायर दिन रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबरका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस