बीपीडब्लूको आइपिओ आजदेखि बिक्री खुला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बीपीडब्लूको आइपिओ आजदेखि बिक्री खुला


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला भएको छ ।

लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका ९७ हजार कित्ता शेयर निष्कासन गरेको हो ।

जसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । १ हजार ५०० कित्ता शेयर कर्मचारी तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकेको कम्पनीले जनाएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपिओ छिटोमा फागुन २३ गतेसम्म भर्न सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरे निष्कासन अवधि चैत २ गतेसम्म थपिनेछ ।

मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस