वर्ष खेलाडीको पुरुषतर्फ ५ जना मनोनयन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वर्ष खेलाडीको पुरुषतर्फ ५ जना मनोनयन


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को वर्ष खेलाडी पुरुषतर्फको क्रिकेट र फुटबलका समान दुई र ब्याड्मिन्टनका एक खेलाडी गरी पाँच जना मनोनयनमा परेका छन् ।

मञ्चले मङ्गलवार एक कार्यक्रमकाबीच वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

जसमा पुरुषतर्फ क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी पर्दा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ परेका हुन् । यस्तै, मनोनयनमा ब्याड्मिन्टनका प्रिन्स दाहाल परेका छन् । अञ्जन अवार्डको पिपल्स च्वाइस विधामा समेत मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडीको संक्षिप्त परिचय
कुशल भुर्तेल
– वर्ष २०७८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो सर्वाधिक रनकर्ता । २८ खेलमा एक शतक र सात अर्ध शतकसहित ८१६ रन

– ट्वान्टी–२० अन्तर्राष्ट्रिय पदार्पणमा नै लगातार तीन अर्ध शतकसहित विश्व कीर्तिमान । नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय शृङ्खलामा आफ्नो पदार्पणमा नै पाँच खेलमध्ये चारमा अर्ध शतक । पदार्पण शृङ्खलामै प्लेयर अफ द सिरिज घोषित । साथै एकै टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सर्वाधिक रन (२७८) को कीर्तिमान

– आइसिसी प्लेअर अफ दि मन्थमा मनोनयन
– प्रधानमन्त्री कपमा सर्वश्रेष्ठ ब्याटर

– ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध शतक र ओमानविरुद्ध अर्ध शतक । पाँच खेलमा १०२।५ को औसतले २०५ रन बनाउँदै प्रतियोगिताकै तेस्रो सर्वाधिक र नेपालको सर्वाधिक रनकर्ता

– आइसिसी क्रिकेट विश्वकप लिग–२ को पदार्पणमा अमेरिकाविरुद्ध ८४ रन तथा तीन क्याच लिएर प्लेयर अफ द म्याच घोषित ।

दिपेन्द्र सिंह ऐरी (क्रिकेट)
– वर्ष २०७८ मा नेपालले खेलेको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनकर्ता (१८ खेलमा ८३५ रन बनाउनुका साथै २) विकेट

– नेदरल्याण्ड्स र मलेसियाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा पाँच खेलमध्ये चार इनिङमा ७३।५० को औसत र २१६।१७ कोस्ट्राइक रेटमा दुई खेलमा अविजित रहँदै १४७ रन

– पपुवा न्युगिनी र मलेसियाविरुद्ध त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसियाविरुद्ध ११० रन । जुन ट्वान्टी–२० मा नेपाली ब्याटरको व्यक्तिगत सर्वाधिक स्कोर हो ।

– पाँच खेलमा ८५ को औसत र १७१।१४ को शानदार स्ट्राइक रेटमा २५५ रन । उक्त सिरिजको प्लेयर अफ द सिरिज । पपुवा न्युगिनी विरुद्ध जितमा प्लेयर अफ द म्याच घोषित हुँदा ३८ बलमा अविजित ५४ रन बनाउनुको साथै १८ रन खर्चेर ४ विकेट

– ट्वान्टी–२० विश्वकप छनोट युएई २०२२ मा नेपालको सर्वाधिक रनकर्ता । पाँच खेलमध्ये चार इनिङमा ५३ को औसतमा १५९ रन र ३ विकेट

– पपुवा न्युगिनीविरुद्ध घरेलु एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा १०५ रनको शतकीय इनिङ्स

अञ्जन विष्ट (फुटबल)
– विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बी मा चाइनिज ताइपेइविरुद्ध गोल

– १३औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल

– नेपाल सुपर लिग (एनएसल)मा सर्वश्रेष्ठ फरवार्ड ।

किरण चेम्जोङ (फुटबल)
– साफ च्याम्पियन सीप फाइनल पुर्‍याउने कप्तान

– आइलिग च्याम्पियन बनाउने खेलाडी

– आइलिगमा सर्वश्रेष्ठ गोलरक्षक

– एनएसलमा धनगढी उपविजेता हुँदाको कप्तान

– अफ्रिकी राष्ट्र मोरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्री खेलमा पेनाल्टी बचाउ ।

प्रिन्स दाहाल (ब्याड्मिन्टन)
– विश्व ब्याड्मिन्टन महासङ्घले प्रकाशित सूचीमा विश्वका नम्बर एक जुनियर ब्याड्मिन्टन खेलाडी बन्न सफल ।

– लिनिङ ११ औँ पुष्पलाल स्मृति र्याकिंग राष्ट्रिय ब्याट्सम्यान प्रतियोगिता २०७८ मा स्वर्ण

– योनेक्स सनराइज चौथो जेस्ट राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन सीप २०७८ स्वर्ण

– दोस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय र्याङकिङ ब्याड्मिन्टन प्रतियोगिता स्वर्ण

– प्रथम भक्तपुर राष्ट्रव्यापी ब्याड्मिन्टन च्याम्पियन सीप २०७८ रजत पदक

– रिभाइभ राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन सीप रजत

– एसियन ओलम्पिक परियोजनामा छात्रवृत्ति ।

Tags :
प्रतिक्रिया दिनुहोस