डिआइजी ज्ञवालीको नागरिकताबारे उजुरी पछि विवरण माग्दै अख्तियार  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डिआइजी ज्ञवालीको नागरिकताबारे उजुरी पछि विवरण माग्दै अख्तियार 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ। नेपाल प्रहरीका डिआइजी श्यामलाल ज्ञवालीको नागरिकतामा उमेर सच्याएको विवरणसहितको उजुरी परेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन पत्राचार गर्ने भएको छ । 

ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेसँगै विस्तृत छानबिनका लागि प्रहरी मुख्यालयसँग जवाफ मागिने आयोग स्रोतले बताउँछ । डिआइजी ज्ञवालीको नागरिकतामा जन्म मिति २०२४ चैत्र २१ गते रहेकाले उनको डिआइजी बढुवा नै बदर हुने देखिएको ती स्रोतको भनाई छ । 

ज्ञवाली विरुद्ध परेको उजुरीमा सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेको उल्लेख छ। नेपाल प्रहरीको सिटरोलमा ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ गते रहेको छ । 

प्रहरी निरीक्षक पदमा योग्य हुन २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था भए पनि नागरिकता अनुसार उनले २५ वर्ष पूरा भइसके आवेदन दिएर प्रहरी सेवामा प्रवेश गरेको उजुरीमा उल्लेख छ। 

पछिल्लो समय प्रहरीमा नागरिकता र प्रमाणपत्रबारे कैफियत देखिन थालेसँगै आयोगले सुरक्षा निकायहरू प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख पठाउन प्रहरी, सशस्त्र र विभागको मुख्यालयमा पत्राचार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस