माओवादीले अग्नी सापकोटालाई उपाध्यक्ष बनाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीले अग्नी सापकोटालाई उपाध्यक्ष बनाउने


२१ माघ २०७९, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी थप्ने तयारी गरेको छ । बिहीबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्ताव लैजान लागेको बताइएको छ ।

आजको बैठकमा तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने गरी प्रस्ताव लैजान लागिएको हो । तर हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछिमात्रै थाहा हुने बताइएको छ ।

नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापकोटालाई महरापछिको मर्यादाक्रममा राख्ने गरी सापकोटालाई उपाध्यक्ष बनाउन लागिएको हो । महासचिव देव गुरुङले भने पदाधिकारी थप्ने नथप्ने बैठकपछि नै थाहा हुने प्रतिक्रिया दिए । उनले भने, ‘आज बैठक बस्दै छ । बसेपछि नै सबै कुरा थाहा होला । अहिले बाहिर भन्ने कुरा भएन ।’

माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटी छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस