कर्मचारीलाई मन्त्रीको निर्देशन-क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्नुस्  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्मचारीलाई मन्त्रीको निर्देशन-क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्नुस् 


१५ माघ २०७९, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् ।

आइतबार कोषले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै यस्तो निर्देशन दिएका हुन् । उनले लुम्बिनीजस्तो पवित्रस्थलको काम इमान्दारिताका साथ गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट र कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजनाअनुसारको काम चाहिने प्रस्ट पारे । उनले नेपालको संविधान र कानून अनुसार संरचना र कर्मचारी भएपनि काम किन नभएको ? भन्दै प्रश्न गरे । 

‘अब काम चाहियो । लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार कार्ययोजना चाहिन्छ । दायाँबायाँ केही छैन । सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने क्यालेण्डरअनुसार कार्ययोजना चाहियो,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस