हिउँ पन्छाएपछि फेरि सुरु भयो जुम्लामा हवाई सेवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिउँ पन्छाएपछि फेरि सुरु भयो जुम्लामा हवाई सेवा


१२ माघ २०७९, बिहिबार


जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलवारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगन्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भने, ‘आजका लागि दुई वटा मात्रै उडान भएको छ ।’

विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्द बक्स गण जुम्लाका गणपति रवीन थापाले बताए ।

हवाई सेवा बन्द हुँदा नेपालगन्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस