सभामुखमा भएन अब गठबन्धन टुटाउने मिसन हुन्छ : चन्द्र भण्डारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सभामुखमा भएन अब गठबन्धन टुटाउने मिसन हुन्छ : चन्द्र भण्डारी


५ माघ २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले काँग्रेस सत्ता गठबन्धन टुटाउन निरन्तर लागि रहने बताएका छन् । बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले भने, ‘चुनावमा माओवादीसँग गठबन्धन थियो । त्यो टुट्यो । अब अहिलेको गठबन्धन टुटाउन हामी निरन्तर लागि रहन्छौँ ।’

सभामुख चुनाव जित्ने मिसन सफल नभए पनि राष्ट्रपतिको चुनाव जित्ने मिसन रहेको उनको भनाइ छ । ‘सभामुख मिसन थियो । अब राष्ट्रपति पनि मिसन हुन्छ, गठबन्धन टुटाउने पनि मिसन हुन्छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस