सशस्त्र प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा 


४ माघ २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी जवान मुख्तार देवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सिमानाकाबाट सामान ओसारपसार गर्न सहज गरीदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरीएको हो । 

नवलपरासी, (बर्दघाट-सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत देवानले महेशपुर सीमा नाकाबाट सामानहरू खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग सात हजार घुस/रिसवत मागेको अख्तियारको ठहर छ । 

Tags :
प्रतिक्रिया दिनुहोस