स्पेनिस सुपर कप : रियल फाइनलमा प्रवेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्पेनिस सुपर कप : रियल फाइनलमा प्रवेश


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै साविक विजेता रियल फाइनलमा पुगेको हो ।

किङ फाद स्टेडियम साउदी अरेबियामा भएको खेल निर्धारित समयमा १-१ को बराबरी सकिँदा त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

पेनाल्टीमा रियलले भने बाजी मार्न सफल भयो । रियलका लागि करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्को एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गरे । इरे कमर्ट र जोश गायाले गोल गर्न सकेनन् ।

त्यसअघि खेलको ३९औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । यता स्यामुइल डियास लिनोको गोलमा भ्यालेन्सियाले खेलको ४६औं मिनेटमा खेल बराबरीमा ल्यायो ।

अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग खेल्ने छ।

Tags :
प्रतिक्रिया दिनुहोस