नेपाल प्राध्यापक सङ्घको राष्ट्रिय अधिवेशन कहिले ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल प्राध्यापक सङ्घको राष्ट्रिय अधिवेशन कहिले ?


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाल प्राध्यापक सङ्घले विभिन्न विश्वविद्यालयका प्राध्यापक सङ्घहरूलाई फागुन मसान्तभित्र राष्ट्रिय अधिवेशन गर्न निर्देशन दिएको छ ।

सङ्घको विधान अनुसार विश्वविद्यालयका प्राध्यापक सङ्घहरूले असोज मसान्तभित्र अधिवेशन गर्नुपर्ने र केन्द्रीय महाधिवेशन पुस मसान्तभित्र गरिसक्नुपर्ने थियो । तर यस वर्ष प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण ढिलाइ भएको महासचिव नरेन्द्र शिवाकोटीले जानकारी दिए ।

महाधिवेशनअघि ११ मध्ये ६ विश्वविद्यालयमा सङ्घको राष्ट्रिय अधिवेशन हुनुपर्छ । अहिलेसम्म पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घको मात्रै अधिवेशन सकिएको छ ।

राजर्षी जनक विश्वविद्यालय प्राध्यापक सङ्घले ५ माघमा, सुदूर पश्चिम विश्वविद्यालय प्राध्यापक सङ्घले २१ माघमा, पब्लिक क्याम्पस प्राध्यापक सङ्घले ६ र ७ फागुनमा अधिवेशन गर्ने मिति तोकेका छन् ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापक सङ्घले पनि हालसम्म अधिवेशन गरेको छैन । महासचिव शिवाकोटी भन्छन्, ‘त्रिवि प्राध्यापक सङ्घसहित अन्य पाँच वटाले मात्रै अधिवेशन सम्पन्न गरेको ३५ दिनभित्र हामी मिति घोषणा गर्छौँ ।’

विधान अनुसार समितिको एक वर्षसम्म म्याद थप गर्न मिल्छ । तर म्याद थप नगरी चाँडो महाधिवेशन गर्ने महासचिव शिवाकोटी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस