त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटरविरुद्ध मुद्दा दायर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटरविरुद्ध मुद्दा दायर


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागले त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटरविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले सोमबार १२ करोड ३५ लाख ८५ हजार १५८ रुपैयाँ माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो। उक्त ट्रेडर्सका प्रोप्राइटर ललितपुर महानगरपालिका–११ कुम्भेश्वर बस्ने सिद्धिबहादुर महर्जन हुन्।

उनले राजस्व चुहावट गर्ने मनसायले नक्कली मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरेको देखिएको विभागले जनाएको छ। यसरी आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागको ठहर छ।

महर्जनले ६ करोड १७ लाख ९२ हजार ५७९ रुपैयाँ राजस्व चुहावट गरेको पुष्टि भएको विभागले जनाएको छ। उनले मूल्य अभिवृद्धि करतर्फ एक करोड ८७ लाख ३४ हजार ६६१ रुपैयाँ र आयकरतर्फ ४ करोड ३० लाख ५७ हजार ९१८ रुपैयाँ चुहावट गरेको देखिएको हो।

यसरी चुहावट गरेको देखिएको भन्दै बिगो असुल गरी शत प्रतिशत जरिवाना, हदैसम्मको कैद र ब्याज समेत असुल गर्न माग गरेको हो। त्यसअनुसार विभागले उनीसँग १२ करोड ३५ लाख ८५ हजार १५८ रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस