रास्वपा सरकारमा जाने, उपप्रधानमन्त्रीसहित जनतासँग जोडिने महत्त्वपूर्ण मन्त्रालयको दाबी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

रास्वपा सरकारमा जाने, उपप्रधानमन्त्रीसहित जनतासँग जोडिने महत्त्वपूर्ण मन्त्रालयको दाबी


११ पुस २०७९, सोमबार


काठमाडौँ । पहिलो पटक चुनाव लडेर चौथो शक्तिको रूपमा स्थापित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी बन्ने मनस्थितिमा देखिएको छ ।

हिजो बालकोटमा गठबन्धनका सूत्रधार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संक्षिप्त छलफलपछि रास्वपाले सरकारमा सहभागी हुने तयारी गरेको हो ।

पार्टी स्रोतका अनुसार आफूहरूले उठाएका आधारभूत एजेन्डामा समझदारी र पदीय मिलान सन्तोषजनक भए सभापति रवि लामिछाने स्वयम् सरकारमा जाने छन् । रविले उपप्रधानमन्त्री सहित जनतासँग जोडिने महत्त्वपूर्ण मन्त्रालयको दाबी गर्ने स्रोतको भनाइ छ ।

‘उहाँले ‘मालदार’ मन्त्रालयभन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने र कामकाजी मन्त्रालयमा जान चाहनु भएको छ, अहिले हुने गठबन्धन बैठकमा त्यही कुरा राख्नुहुन्छ,’ स्रोतले भन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस