अपमानित भएपछि पोखरा आएँ : गगन थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अपमानित भएपछि पोखरा आएँ : गगन थापा


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापतिको घरमा बैठक बोलाएको हुँदा नबोलाई जान नपाएको र आफूहरू अपमानित भएको बताएका छन् ।

पोखरा लिटरेचर फेस्टिबलमा उनले यस्तो बताएका हुन् ।

‘नढाँटी भन्दा म बिहान ६ बजेदेखि सभापतिको फोन कुरेर बसेको थिएँ । समाचारमा के पढेँ भने पार्टीसँग छलफल गर्छु भन्नुभएको रहेछ । त्यो भनिसकेपछि म पनि पदाधिकारी भएको हुनाले बैठकमा जानुपर्छ भन्ने लागेको थियो । बैठक घरमा थियो, नबोलाई जाने कुरा भएन । त्यस कारण म बैठकमा जाँदा आउन भ्याउँदिन कि भन्ने लागेको थियो मैले मेरो टिकट पनि सारेँ । तर म अन्तिममा आएँ । यहाँ अपमानित भएर आएँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस