जनतालाई आशा जगाउने र भष्ट्राचारविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ : प्रचण्ड « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

जनतालाई आशा जगाउने र भष्ट्राचारविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ : प्रचण्ड


११ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आशा जगाउने र गतिलो सन्देश दिने काम गर्ने बताएका छन् ।

आज बिहान नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

बैठकमा प्रचण्डको भनाई उदृत गर्दै एक पदाधिकारीले भने, ‘अर्थतन्त्रको सुधार गर्न चाहन्छौँ । जनतामा नयाँ विश्वास जगाउने गरी काम गर्छौँ । कोरोना महामारीले जनतामा निराशा छाएको छ । अब यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्छौँ । विकासकै काममा ध्यान दिने हो । भष्ट्राचारविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस