प्रधानमन्त्री प्रचण्डसहित माओवादीका मन्त्रीले दौरा सुरुवाल लगाएर शपथ खाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री प्रचण्डसहित माओवादीका मन्त्रीले दौरा सुरुवाल लगाएर शपथ खाने


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरुले दौरा सुरुवाल लगाएर शपथ खाने भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनको आज ४ बजे शपथग्रहण तय गरिएको छ।

आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । सोही समारोहमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीबाट सिफारिस हुने मन्त्रीले राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर शपथ खान लागेको माओवादीका एक नेताले जानकारी दिए।

सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको विषयमा प्रारम्भिक छलफल जारी रहेको छ। पेरिसडाँडामा बिहानबाट जारी पदाधिकारी बैठकमा सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्री र विकसित घटनाक्रमबारे छलफल भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस