नेपाल टी-२० लिगमा आज दुई खेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल टी-२० लिगमा आज दुई खेल


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाल टी-२० लिगमा आज दुई खेल हुँदैछन्।

काठमाडौँ नाइटसले आफ्नो दोस्रो खेलमा आज फार वेस्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे पछि सुरु हुनेछ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँलगातार दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि २६ रनको जित हात पारेको थियो।

काठमाडौँ २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। पहिलो खेलमा पराजित फार वेस्ट भने पुनरागमनको प्रयासमा हुनेछ। फार वेस्टले लुम्बिनी अल स्टार्ससँग ६७ रनको फराकिलो हार बेहोरेको थियो।​

आजै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ। विराटनगर अंकको खाता खोल्ने उद्देश्यसहित जनकपुरविरुद्ध मैदान उत्रिनेछ।

आइतबार भएको खेलमा लुम्बिनीले विराटनगरमाथि ३ तीन रनको रोमाञ्चक जित निकालेको थियो। जनकपुरले भने पोखरालाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस