लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट


११ पुस २०७९, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ । बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब १ सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले आजदेखि सचिवालयको सबै काम देउखुरीबाट हुने जानकारी दिए । जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा पुगिसकेका छन ।

लुम्बिनी प्रदेशसभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दै छ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनभित्रै पाँच करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन् । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस