सुरु भयो माओवादी नेताहरुको एमालेसँग संवाद « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सुरु भयो माओवादी नेताहरुको एमालेसँग संवाद


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् ।

एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने काँग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको छ, त्यसैले एमालेसँग पनि संवाद सुरु गरेका हौँ ।’

माओवादीका नेताहरुले एमालेका दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका छन् । उनीहरु प्रचण्डलाई प्रधानमन्त्री पद दिएर अन्य पद बाँडफाँट गर्ने गरी सहमति गर्न तयार देखिएका माओवादी स्रोत बताउँछ । तर दुई अध्यक्षको स्तरमा कुराकानी नभएकाले यो प्रक्रियाले पूर्णता पाउँछ कि पाउँदैन अहिले नै टुंगो छैन ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर काँग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने देउवाको सन्देश सुनाएका थिए । उनले प्रच्ण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस