‘लोक स्टार’को दोस्रो सिजनको प्रसारण पुस १९ गतेदेखि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘लोक स्टार’को दोस्रो सिजनको प्रसारण पुस १९ गतेदेखि


९ पुस २०७९, शनिबार


काठमाडौँ । लोक गायनमा आधारित रियालिटी शो ‘हिमालय लोक स्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

शुक्रबार राती सम्पन्न ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् ।

जसअनुसार हरेक मङ्गलवार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् ।

नेपाल लोक स्टार–२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको सङ्गीत निर्देशकमा सङ्गीतकार तथा एरेन्जर आशिष अविरल छन् भने कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनमा प्रकाश सपुत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस