म्यानमारका नागरिकले नेपाली नागरिकता लिएपछि…. « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

म्यानमारका नागरिकले नेपाली नागरिकता लिएपछि….


९ पुस २०७९, शनिबार


काठमाडौँ । झुटो विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगाना भएका ३९ वर्षीय मोहमद नुर आलमलाई गएको बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१४, कलंकी, खसीबजारबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनी सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएको खुलेको छ । त्यसपछि सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउने गर्थे ।

आलमले झुटो विवरण पेस गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारमा राहदानी विभाग काठमाडौँबाट राहदानी समेत प्राप्त गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस