नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय


९ पुस २०७९, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ–७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आम जनसमुदाय सजग एवं सचेत हुन जरुरी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस