बालुवाटारमा गठबन्धन दलको बैठक बस्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बालुवाटारमा गठबन्धन दलको बैठक बस्दै


९ पुस २०७९, शनिबार


काठमाडौँ । नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दै छ ।

अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रूपमा केही दोस्रो तहका नेताहरूबिच छलफल हुने महतले बताए ।

निर्वाचन सम्पन्न भएपश्चात् नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबिच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्त्वपूर्ण पदहरूको गठबन्धन दलहरूबिच भागबन्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन । यसअघि बसेका सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष टुङ्गिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस