कांग्रेसले बालुवाटारमा बोलायो सांसदको भेला « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कांग्रेसले बालुवाटारमा बोलायो सांसदको भेला


९ पुस २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२:३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ ।

दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका थिए । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस