लिभरपुललाई हराउँदै सिटी क्वाटरफाइनलमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लिभरपुललाई हराउँदै सिटी क्वाटरफाइनलमा


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल)को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सिटीलाई जिताउन नाथन एकेले निर्णायक गोल गरे । त्यसअघि सिटीले दुई पटक अग्रता बनाउँदा लिभरपुलले पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो ।

सिटीका लागि एर्लिन हालान्डले १०औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । लिभरपुलका लागि फाबियो कार्भाल्होले २०औं मिनेटमा बराबरी गोल फर्काए ।

४७औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाएका थिए । तर एक मिनेटपछि नै लिभरपुलका मोहमद सालहले बराबरी गोल फर्काए ।

त्यसपछि ५८औं मिनेटमा एकेले सिटीका लागि निर्णायक गोल गरे । सिटीले अब क्वाटरफाइनलमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै म्यानचेष्टर युनाइटेडले तेस्रो श्रेणीको चार्ल्टन एथ्लेटिकसँग खेल्नेछ भने प्रिमियर लिगकै नटिङहम फरेस्ट र वल्भ्स तथा न्युकासल र लेस्टर सिटी क्वाटरफाइनलमा भिड्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस