तराईमा हुस्सु, हिमाली भू-भागमा​ हिमपातको सम्भावना « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

तराईमा हुस्सु, हिमाली भू-भागमा​ हिमपातको सम्भावना


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

हिमाली भेगमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन तथा सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस