रिहा हुन मानेनन् शोभराज « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रिहा हुन मानेनन् शोभराज


७ पुस २०७९, बिहिबार


काठमाडौँ । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार रिहा नहुने भएका छन् ।

उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो ।

तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । शोभराजलाई कानुनी सहयोग गरिरहेका गोपाल शिवाकोटीका अनुसार उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रूपमा बस्नेछन् ।

केन्द्रीय कारागारबाट चार्ल्स रिहा हुने भएपछि अध्यागमनका कर्मचारीहरू छलफलमा बसेका थिए । उनीहरूले चार्ल्सलाई कसैको जिम्मामा छाड्ने तयारी गरेका थिए ।

तर चार्ल्सले आफू बाहिर (होटेलमा) बस्न इन्कार गरेको शिवाकोटीले बताए । उनले नमानेपछि बिहीबार राति केन्द्रीय कारागारमै राखेर शुक्रबार मात्र अध्यागमन कार्यालयमा लैजाने तयारी भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस