मेरो पहिलो प्राथमिकतामा राष्ट्रहितको मुद्दा : सोविता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेरो पहिलो प्राथमिकतामा राष्ट्रहितको मुद्दा : सोविता


७ पुस २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छन् ।

बिहीबार शपथग्रहण पश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्रहितको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताएकी हुन् ।

उनले आफूहरू कानुनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा संसदमा आवाज उठाउने बताइन् । उनले तत्काल सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस