त्रिविमा पुस १७ गतेदेखि हिउँदे बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिविमा पुस १७ गतेदेखि हिउँदे बिदा


७ पुस २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा बढीमा २२ दिनसम्म दिन सकिने जनाएको छ ।

देशभरका सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिन सकिने जनाएको हो ।

त्रिवि कार्यकारी परिषद्को बैठकले पूर्व व्यवस्था अनुसार शिक्षक र विद्यार्थीहरूलाई दिइँदै आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता अनुसार गर्ने निर्णय गरेको हो । परीक्षा सञ्चालन, कक्षा सञ्चालन लगायतका विषयलाई ध्यानमा दिएर पुष १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन भनेको हो ।

कोरोना महामारीका कारण विगतमा हिउँदे बिदा समेत कटौती गरिएको थियो । २ वर्षसम्म हिउँदे बिदा नदिएको त्रिविले गत वर्ष बढीमा १० दिन मात्रै हिउँदे बिदा दिएको थियो ।

त्रिविले लामो समयपछि स्ववियु चुनाव समेत गराउन खोजिरहेको छ । फागुन २८ गते चुनाव गर्ने गरी त्रिविले तयारी अगाडि बढाएको छ । जसले गर्दा पनि यो वर्षको बिदामा समेत कडाइ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस