राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठिक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसद्को सार्वभौमसत्ता खोसिने बताए ।

सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत दिने उनले बताए । तर त्यो रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै उनले भने, ‘राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस