अस्करबाट बाहिरिए ‘ऐना झ्यालको पुतली’ र ‘लोरी’ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

अस्करबाट बाहिरिए ‘ऐना झ्यालको पुतली’ र ‘लोरी’


७ पुस २०७९, बिहिबार


काठमाडौँ । एकेडेमी अवार्डको ९५ औँ संस्करणका लागि अस्करले १० विधामा मनोनयन घोषणा गरेको छ ।

डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, लाइभ–एक्सन, ध्वनी र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो।

बिहीबार सार्वजनिक गरिएको सूचीमा यो वर्ष नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र लाइभ एक्सन सर्ट फिल्म विधामा सिफारिस ‘लोरी’ दुवै फिल्म मनोनयनमा अटाउन सकेनन्।

यो वर्ष अस्करमा पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ र भारतीय फिल्म ‘लास्ट फिल्म सो’ (छल्लो सो) मनोनीत भएका छन्। त्यस्तै मौलिक गीततर्फ भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयन भएको छ।

अस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको छ। आगामी जनवरी १२ देखि १७ सम्म पुनस् मतदान गर्दै अन्तिम पाँच मनोनीत हुनेछन्। अस्कर अवार्ड समारोह मार्च १२ मा हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस