सुपर मादीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुपर मादीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


७ पुस २०७९, बिहिबार


काठमाडौँ । सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले पुस ७ गते बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

हाइड्रोपावरले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपीओ बिक्री खुला गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू बाट भने पुस ५ गतेपछि आवेदन लिन बन्द गरिएको थियो।

कम्पनीले ३१ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं.२६, २७ र २८ का स्थानीय बासिन्दाहरुले ७ लाख ३५ हजार कित्तामा आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस