नेपाल टी-ट्वान्टी : पोखराको टोली घोषणा « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

नेपाल टी-ट्वान्टी : पोखराको टोली घोषणा


७ पुस २०७९, बिहिबार


काठमाडौँ । शुक्रबारबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि पोखरा एभेन्जर्सले आफ्नो टिम सार्वजनिक गरेको छ ।

पोखराले १६ सदस्सीय टोलीको घोषणा गरेको सामाजिक संजाल मार्फत जनाएको छ । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ ।

पोखराको पहिलो खेल ८ गते नै काठमाडौँ नाईटराईडर्ससँग रहेको छ । शरद भेषवाकर पोखराको मार्की खेलाडी रहेका छन् ।

पोखराको मुख्य प्रशिक्षकमा सामसन जंग थापा रहेका छन् । ६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।

सम्पुर्ण खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

पोखराको टोली:

नेपाली खेलाडी- आसिफ शेख,प्रतिश जिशी,सिद्धान्त लोहनी,कृष्ण कार्की,मौषम ढकाल,विपिन खत्री,तुल बहादुर थापा,सुमित महर्जन,विशाल विक्रम केसी,आरिफ शेख र कुशल मल्ल

विदेशी खेलाडी – मोहम्मद हफिज,उपल थरंगा,जाहिर खान,अभिमन्यु मिथुन र अमिर हम्जा

Tags :
प्रतिक्रिया दिनुहोस