जसपाका सांसदहरूले जातीय पहिचान झल्किने पोशाकमा सपथ लिने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जसपाका सांसदहरूले जातीय पहिचान झल्किने पोशाकमा सपथ लिने


७ पुस २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा सपथ ग्रहण गर्ने भएका छन्।

सबैको पहिचान र अस्तित्वको सवाललाई प्राथमिकताका साथ उठाउने पार्टीका लागि आ–आफ्नो भाषा र पोशाकमा सांसदहरूले सपथ लिने कुरा स्वभाविक भएको कानुनविद्हरूले बताइरहेका छन्।

यद्यपि, सांसदहरूलाई राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक छनोटको सुविधा भने छ । जसपाका सांसदहरूले नेपाली र मैथिलीमा सपथ लिने जानकारी यसअघि संसद् सचिवालयमा गराएका थिए। संसद् सचिवालयले बिहीबार जेष्ठ सदस्यबाट सपथ कार्यक्रम राखेको छ।

सांसदहरूलाई सपथ खुवाउन राप्रपाका निर्वतमान अध्यक्ष पशुपतिशमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका छन्। मंसिर ४ गते भएको निर्वाचनवाट निर्वाचित भएका सांसदहरूलाई सपथ गराउन लागिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस