जसपाका सांसदहरुले मातृभाषामा सपथ लिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जसपाका सांसदहरुले मातृभाषामा सपथ लिने


६ पुस २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभातर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन्।

जस अनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने छन्।

राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की र रेखा यादवले नेपाली भाषामा सपथ लिने जसपाले जनाएको छ। सांसदहरुको भोलि सपथ हुँदैछ। संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेले नाम पठाउन आग्रह गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस