भोट माग्न गगन थापा पुगे शशाङ्क कोइराला निवास, पाए यस्तो प्रतिक्रिया ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भोट माग्न गगन थापा पुगे शशाङ्क कोइराला निवास, पाए यस्तो प्रतिक्रिया !


५ पुस २०७९, मंगलबार


काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेतामा शशाङ्क कोइरालाको माध्यमबाट भोट माग्न थालेका छन् । शशाङ्क निवास पुगेर थापाले आशीर्वाद माग्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

शशाङ्कले अङ्क गणितमा जित्ने अवस्था नभएको भन्दै उम्मेदवार किन बनेको भनेर गगनलाई प्रश्न गरेका थिए । जवाफमा थापाले आफूले जनताको आवाज सुनेर उम्मेदवारी दिएको बताए ।

“गगनजीले सके चुनाव जित्छु नभए पनि सम्मानजनक भोट ल्याएर देउवालाई जिम्मेवार बनाउन भूमिका खेल्छु । मलाई सहयोग गर्नुस् भन्नुभयो,” गगनसँगै रहेका एक सांसदले भने, “डा. सापले केही सांसदलाई फोन हान्नुभयो । कसैको लागेन कसैसँग कुराकानी पनि गराउनुभएको छ ।”

शशाङ्कले थापालाई शुभकामना दिएर बिदा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस