राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन


५ पुस २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मङ्गलवार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रूपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनले दलको उपनेता, प्रमुख सचेतक लगायतको टुङ्गो भने पछि लगाइने बताए । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिटमा विजयी भएको थियो । राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ जना निर्वाचित भएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस