सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण ११ गते हुने  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण ११ गते हुने 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते हुने भएको छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताए ।

जैसीका अनुसार प्रदेश सभाका जेष्ठ सदस्य ६८ वर्षीय अछाम क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित मानबहादुर रावलले शपथ ग्रहण गराउने भएका छन् । रावलले सोही दिन प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरी बाँकी प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने छन्।

यहाँ ५३ जना प्रदेशसभा सदस्यहरू छन् । यसैबीच सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस