शेखर कोइरालालाई सभापतिमा समर्थन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शेखर कोइरालालाई सभापतिमा समर्थन


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ ।

दुवै संसदीय दलको उम्मेदवारको आकाङ्क्षी थिए । दुवैले चुनाव लड्दा १४औँ महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् ।

१५औँ महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेका छन् ।

होटेल बसेरामा बसेको बैठकमा नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् ।

महामन्त्री गगन थापाले पनि १५औँ महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस