पाँच महिनामा ३८ हजार बढीले लिए एनओसी, दैनिक तीन सय विद्यार्थीले दिन्छन् आवेदन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

पाँच महिनामा ३८ हजार बढीले लिए एनओसी, दैनिक तीन सय विद्यार्थीले दिन्छन् आवेदन


५ पुस २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो पाँच महिनामा ३८ हजार बढीले वैदेशिक अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार साउन १ गतेदेखि मंसिर मसान्तसम्म ३८ हजार ६१ जनाले एनओसी लिएका छन् ।

शाखाको तथ्याङ्क अनुसार सबै भन्दा बढी अस्ट्रेलिया, क्यानडा, जापान, भारत, युके, अमेरिका, दक्षिण कोरियाका लागि नेपालीले एनओसी लिएका छन् । शाखा प्रमुख वासुदेव बस्तीले अहिले औसतमा दैनिक तीन सय विद्यार्थीले जनओसीका लागि आवेदन दिइरहेका छन् ।

शाखाबाट विभिन्न ५९ वटा देशका लागि एनओसी वितरण गरेको छ । एनओसी मार्फत सरकारले यो पछिल्लो पाँच महिनामा ८ करोड २१ लख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।

शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ । शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घण्टाभित्र एनओसी जारी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस