राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक बुधबारसम्म चल्ने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक बुधबारसम्म चल्ने


५ पुस २०७९, मंगलबार


काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक भोलिसम्म चल्ने भएको छ । सोमबार बिहानदेखि बुढानीलकण्ठको होटेल पबेरामा राखिएको बैठक बुधबारसम्म चल्ने भएको हो ।

अध्यक्ष लामिछानेसहित निर्वाचित सांसद र केन्द्रीय सदस्य समेतलाई राखेर बैठक चलिरहेको एक केन्द्रीय सदस्यले बताए ।

लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसद्को भूमिका, संविधान र कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा समेत छलफल हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस