मृत फेला परेका शिक्षकको हत्या भएको भन्दै विद्यार्थी आन्दोलित, हत्यारालाई कारबाही गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मृत फेला परेका शिक्षकको हत्या भएको भन्दै विद्यार्थी आन्दोलित, हत्यारालाई कारबाही गर्न माग


५ पुस २०७९, मंगलबार


बैतडी । बैतडीको कृष्ण माविका शिक्षक धनबहादुर विष्ट मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका छन् ।

शुक्रवार अध्यापन गराएका शिक्षक शनिबार मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका हुन् । शिक्षक विष्टको शनिबार दिउँसो १ बजे छात्रावास पछाडिको झाडीमा शव फेला परेको थियो।

विद्यार्थी र उनका आफन्तले उनको लडेर मृत्यु नभई हत्या भएको आशंका गर्दै सोमवार शान्तिपूर्ण आन्दोलन गरेका हुन्।

‘धनबहादुर सरलाई न्याय दे, हत्यारालाई कारबाही गर’, लगायतका नारा लगाउँदै कृष्ण माविको गेटबाट इलाका प्रहरी कार्यालय पाटनसम्म कृष्ण मावि, पाटन बहुमुखी क्याम्पस र भीमदत्त प्राविधिक शिक्षालयका विद्यार्थीहरूले र्‍याली निकालिएको हो।

शिक्षक विष्टको हत्यारा पत्ता नलागेसम्म स्थानीय सरकार र स्थानीय प्रशासनमा धर्ना जारी राख्ने विद्यालर्थीहरुले दाबी गरेका छन्। शान्तिपूर्ण आन्दोलन नसुने कडा खालका आन्दोलन गर्ने विद्यार्थीहरूले चेतावनीले समेत दिएका छन् ।

मृतक शिक्षक विष्टको आइतबार नै पाटन स्वास्थ्य चौकीमा पोष्टमाटम गरिएको भए पनि परिवारले अझै शव बुझ्न मानेका छैनन्। विष्टको हत्या भएकाले दोषी पत्ता लगाउनुपर्ने आफूहरूको माग रहेको मृतकका आफन्तले बताए।

यता इलाका प्रहरी कार्यालय पाटनले भने शिक्षक विष्ट मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको जनाएको छ । पोष्टमाटमको प्रारम्भिक रिपोर्टमा कुटपिटको घाउँहरु नभेटिएको बताइएको छ ।

१९ जनालाई सोधपुछ, बस्ने कोठा खान तलास, कल डिटेल तथा शिक्षकहरूसँग सोधपुछ गरिएको बताइएको छ ।

सम्बन्धित समाचार : बैतडीमा एक कर्मचारीको शङ्कास्पद मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस