मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ दी इअर अवार्ड « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ दी इअर अवार्ड


५ पुस २०७९, मंगलबार


काठमाडौँ । विश्व विजेता अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।

बेलायती मिडिया बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो ।

फ्रान्ससँग भएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाको कप्तानी सम्हालेका मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी दिलाएका थिए। ३५ वर्षीया मेस्सी कतार विश्वकपमा गोल्डन बल जित्दै विश्वकप इतिहासमा नै दुईपटक गोल्डेन बल जित्ने खेलाडी बने भने विश्वकपमा सर्वाधिक खेल खेल्ने (२६ खेल) रेकर्डसमेत उनको नाममा छ।

च्याम्पियन्स लिग, कोपा अमेरिका, लालिगा, लिग १ को उपाधिसहित कयौं व्यक्तिगत उपाधि जितेका मेस्सीले विश्वकप उचालेसँगै उनले सर्वकालीन महान् खेलाडीको सूचीमा समावेश भएका छन्।

बीसी वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर अवार्ड हरेक वर्ष विश्वस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ। गत वर्ष यो अवार्ड इरिस जकी राचेल ब्ल्याकमोरलाई प्रदान गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस