नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने 


४ पुस २०७९, सोमबार


काठमाडौँ । नारायणगढ-मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिँदै छ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए। 

कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको उनले बताए।

कार्कीका अनुसार उक्त सडकका तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भइरहेको छ। 

उपल्लो भागबाट पहरो फोर्दा ठाडो भिरको तल रहेको सडक असुरक्षित हुने भएकाले यातायात रोक्नुपरेको उनले बताए।

कार्कीले चिसेन्जीको नारायणगढतर्फको पहाड फोर्नुपर्ने, कालीखोला र सिमलतालको पनि केही पहरो फोर्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस