झारफुकको नाममा तातो तेल खन्याएर महिलालाई यातना « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

झारफुकको नाममा तातो तेल खन्याएर महिलालाई यातना


४ पुस २०७९, सोमबार


पक्राउ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-६ स्थित जरङ्खुमा झारफुकको नाममा महिलालाई चरम यातना दिइएको छ । आफूलाई माता बताउने १९ वर्षीया सचिता मगरले भोजपुर घर भएकी ३६ वर्षीया सविता राई ‘रुपा’लाई यातना दिएकी हुन् ।

झारफुक गरेर रोग निको पार्ने नाममा सचिताले पीडितलाई तातो तेल खन्याएर पन्युँले डामेको आरोप छ । आफूलाई माता दाबी गर्ने सचितालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

झारफुकका नाममा सवितलाई माता र उनका सहयोगीले तातो तेल खन्याए पन्युँ र त्रिशूलले डामेर खुकुरी समेत प्रहार गरेको पीडितको आरोप छ । सचिता र उनका सहयोगीको यातनाबाट घाइते भएकी पीडितको महाराजगन्ज स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

आरोपी महिला सोमबार पक्राउ परेकी हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस