देउवाले दिए ‘मेमोरी किङ’ शर्मालाई बधाई तथा शुभकामना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

देउवाले दिए ‘मेमोरी किङ’ शर्मालाई बधाई तथा शुभकामना


४ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मेमोरी किङ’ का रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार भएको भेटमा देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आउँदा दिनमा थप सफलताको शुभकामना दिए । 

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका न् । उनले आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’ हरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताएका छन् । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीको पनि स्मरण शक्ति बढाइ शिक्षा क्षेत्रमा मद्दत पुर्‍याइरहेका छन् । 

शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिजिन बुकमा नाम लेखाएका थिए 

Tags :
प्रतिक्रिया दिनुहोस