निर्वाचन सफलतापूर्वक सकियो : निर्वाचन आयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन सफलतापूर्वक सकियो : निर्वाचन आयोग


४ पुस २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन स्थानीय तह‚ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचन सकिएको मन्तव्य जारी गरेको छ ।

निर्वाचन आयोगमा सोमबार एक कार्यक्रमका बीच आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै तहको निर्वाचन सफलतापूर्वक सकिएको वक्तव्य वाचन गरेर सुनाएका हुन् ।

वक्तव्यमा नेपालको संविधानले अङ्गीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली‚ बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था‚ नागरिक स्वतन्त्रता‚ मानव अधिकार‚ बालिग मताधिकार र आवधिक निर्वाचनलाई मूर्तरूप दिन निर्वाचनको समग्र पक्षलाई व्यवस्थापन‚ सञ्चालन‚ रेखदेख‚ निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी आयोगले पूरा गरेको बताइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘शान्ति‚ स्थिरता‚ समृद्धि र सुशासन’ भन्ने निर्वाचन आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाहरूको समन्वय‚ सहयोग‚ साझेदारी र सहकार्यमा स्थानीय तह र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन‚ २०७९ मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएका छन् ।’

तीनै तहको निर्वाचनबाट स्थानीय तहमा ४१ प्रतिशत‚ प्रदेशसभामा ३६.३६ प्रतिशत र संघीय संसद्‌मा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको आयोगले बताएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस