औषधि व्यवस्था विभागले रोक्यो जीएचसी ह्याण्ड स्यानिटाइजर उत्पादन बिक्री « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

औषधि व्यवस्था विभागले रोक्यो जीएचसी ह्याण्ड स्यानिटाइजर उत्पादन बिक्री


४ पुस २०७९, सोमबार


काठमाडौँ । औषधि व्यवस्था विभागले जीएचसी ह्याण्ड स्यानिटाइजरका तीन वटा ब्याचका उत्पादनहरू बिक्री वितरणमा रोक लगाएको छ । विभागले उक्त स्यानिटाइजर बजारबाट फिर्ता पनि गरेको छ ।

भारतीय कम्पनी ग्लोबल हेल्थ केयरको उत्पादन जीएचसी ह्याण्ड स्यानिटाइजरको ब्याच नम्बर ११–२२, १२१–२२ तथा ४९–२२ न्यून गुणस्तरको भएकाले रिकल गर्नुपरेको विभागले जनाएको छ । ४९–२२ ब्याचको स्यानिटाइजर भने नेपाली आयातकर्ता केएस इन्टरनेसनल टेकुले आयात गरेको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ती स्यानिटाइजरमा विषाक्त मेथानलको मिश्रण देखिएको विभागले जनाएको छ ।

ग्लोबल हेल्थ केयरका उत्पादनहरूमध्ये आज दुई वटा र गत कार्तिक ३० गते ११–२२ ब्याचको स्यानिटाइजर न्यून गुणस्तरका पाइएपछि बिक्रीमा रोक लगाइएको हो । रिकल गरिएका ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्नसमेत विभागले सबैमा सूचित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस